उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादव आज उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् । उनी आज अपराह्न साढे ४ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् ।

Dengue

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयातनिर्यात मेला’मा विशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन् ।

उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार