पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा

धनगढी: कैलालीमा २२ साउनमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।

गोदावरी नगरपालिका-४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Dengue

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले सडकमाथिबाट आएको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको जानकारी दिए । पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको सुवेदीले बताए ।

तत्काल राजमार्ग सञ्चालनमा आए पनि जोखिम कायम हुँदा ढुक्क हुने अवस्था नरहेकाले जेसीबी, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

राजमार्ग सञ्चालन भएसँगै एक हप्तादेखि तराईका जिल्लासँग विच्छेद भएको सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार