बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

धनगढी: कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ ।

बुढीतोलाबाट खाली ट्रक र टप्पर गन्तव्यतिर जान लागेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । खोलिएको नयाँ ट्रयाकमा खाली गाडीहरु आवतजावत हुन थालेका ट्राफिक प्रहरीले जनाएको छ ।

Dengue

नयाँ खोलिएको ट्रयाक हिलाम्य भएकाले अन्य सवारी साधन भने सञ्चालनमा आउन नसकेका प्रहरीले जनाएको छ । सो ट्रयाकमा ढुंगा भर्ने कार्य भइरहेको छ । बर्षा नभएमा आज साँझसम्म सडक सञ्चालनमा आउने बताइएको छ ।

गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएको थियो । पहिरो गएसंगै गएको ५ दिनदेखि यातायात अवरुद्ध रहेको छ । पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ । सडक अवरुद्ध भएपछि यात्रुहरुले समस्या झेलीरहेका छन् ।

यातायात सुचारु नहुँदा दैनिक उपभोग्यका सामग्री ढुवानी समेत रोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार