खुटिया नदीमा दाउरा निकाल्न गएका भट्टराईको शव फेला

धनगढी: बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदीमा फसेपछि बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको शव फेला परेको हो ।

Dengue

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनी बुधबार घर नजिकैको खुटिया नदीमा दाउरा निकाल्न भनी घरबाट निस्केका थिए । तर नफर्किएपछि उनको खोजी गरिएको थियो । उनको आज बिहान पानी जमेको खल्लामा शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार