कैलालीका पहिरो पीडितलाई अनेरास्ववियु र युवा संघद्धारा राहत वितरण

धनगढी । पहिरोका कारण विस्थापित परिवारलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले राहत वितरण गरेको छ ।

सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा विस्थापित भएका कैलालीको चुरेका पहिरो पीडित परिवारलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा राहत वितरण गरेका हुन् । पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा करिब एक दर्जन परिवार विस्थापित भएका छन् ।

Dengue

विस्थापित भएका परिवारलाई सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोगार्थ राहत वितरण गरिएको अनेरास्ववियु कैलालीले जनाएको छ । राहतमा चामल, चिउरा, चाउचाउ लगायतका खाद्यान्न रहेको अनेरास्ववियु कैलालीले जनाएको छ ।

योसँगै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले बाढी तथा पहिरो पीडितहरुको उद्धारमा लागि पर्न पनि सरकारसँग माग गरेको छ ।

उक्त क्षेत्रमा अहिले पनि पहिरोको जोखिम कायमै रहेको छ । सोमबार गएको पहिरोले सो क्षेत्रमा पर्ने भीमदत्त राजमार्ग नै भासिएपछि सात जिल्लाको आवतजावतमा कठिनाई भएको छ । अहिले पनि सडक मर्मतको काम जारी रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार