धनगढी । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण गरेको छ ।
मंगलबार साँझ ६ः०५ बजे काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवामा आकष्मिक अवतरण गराइएको हो ।
भारी वर्षाका कारण भिजिविलिटी कम हुँदा विमान धनगढीमा अवतरण गर्न नसिकएको विमानस्थल स्रोतले बताएको छ । धनगढीमा जहाज अवतरण गर्न नसकेपछि अवतरणका लागि नेपालगञ्ज पठाइएको थियो । तर, नेपालगञ्जमा पनि अवतरण सम्भव नभएपछि जहाजलाई भैरहवा विमानस्थलमा अवतरण गराइएको हो ।




प्रतिक्रिया दिनुहोस्