धनगढी । कैलालीको गोदावरी नदीमा आएको बाढी बस्तीमा पसेको छ । सोमबार राती अचानक आएको बाढी बस्तीमा पसेपछि नदी किनारका नागरिकहरु बिचल्लीमा परेका छन् ।
भारी वर्षाका कारण आएको बाढीले नदी किनारमा रहेको घर, टहरा र गोठहरु बगाएको छ । बाढीले घर टहरानै बगाएपछि अहिले गोदावरी नदी किनारका नागरिकहरु सुरक्षित स्थानको खोजीका हिँडेका छन् ।
सोमबार गोदावरी नदीमा लामो समयपछि यति ठूलो बाढी आएको हो । हाल स्थानीय युवाहरुको सहयोगमा नदी किनारमा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा लैजाने काम भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्