संसद अवरोधप्रति रास्वपाको असन्तुष्टी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको रास्वपाका सांसदहरुको आरोप रहेको छ ।

सोमबार पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाएका छन् । पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् ।

Dengue

कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ । जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ ।, सामाजिक सञ्जाल रविले लेखेका छन् । रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद वरुद्ध हुँदै आएको भन्दै आपत्ति जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार