कञ्चनपुरबाट १० लाख बराबरको जिप र अबैध कुखुरासहित एक जना पक्राउ

भक्तराज जोशी


धनगढी, २२ साउन । कञ्चनपुरमा १० लाख बराबरको जिप र अबैध कुखुरासहित एक जना पक्राउ परेका छन् । आईतवार राति जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ कलुवापुरबाट १० लाख बराबरको जिप र अबैध कुखुरासहित शेरसिंह खडका पक्राउ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–११ का ४० वर्षीय चालक शेरसिंह खडकालाई म.१ च. ६९५ नम्बरको बलेरो जिपसहित पक्राउ गरेको हो ।

Dengue

चेकजाँच गर्दा विलभरपाई नभएका अवैध बोईलर कुखुरा ५०० पिस फेला पारी बलेरो जिपसहित चालकलाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार