धनगढीमा तिव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? होसियार ! कारवाहीमा परिन्छ है….

धनगढी । धनगढीमा तिव्र गतिमा सवारी चलाउनेमाथि कडाई गरिएको छ । पछिल्लो समय तिव्र गतिका कारण सवारी दुर्घटनाका घटना बढ्न थालेपछि तिव्र गतिमा सवारी चलाउनेमाथि कडाई गरिएको हो ।

सडक दुर्घटनाका घटनालाई शुन्यमा झार्ने उद्धेश्य अनुसार धनगढीमा तिव्र गतिमा सवारी चलाउनेमाथि कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज तथा ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले बताएका छन् । ‘हामी अहिले जिल्लाभर सडक दुर्घटना कम गर्ने उद्धेश्यमा अघि बढी रहेका छौँ’, उनले भने, ‘धेरैजसो दुर्घटना तिव्र गतिकै कारण भएको पाइएपछि यसमा कडाई गरेका हौँ ।’

SHIKHAR COOL TECH

खासगरी मोहोना अत्तरिया ६ लेन सडकमा ट्राफिक प्रहरीले तिव्र गतिमा सवारी चलाउनमाथि निगरानी बढाएको छ । मोहना अत्तरिया ६ लेन सडकमा प्रतिघण्टा ६० को स्पिडमा सवारी चलाउन पाईदैन । तर, सो भन्दा तिव्र गतिमा सवारी चलाए कार्वाही गरिने ट्राफिक प्रहरी निरीक्षक जोहारीले बताएका छन् ।

हाल तिव्र गति मापनका लागि दिनहूँ रुपमा मोहना अत्तरिया ६ लेन सडकखण्डमा गती मापन नियम उल्लंघन गर्नेलाई कार्वाहीको दायरामा ल्याएको प्रहरी निरीक्षक जोहारीले बताए । ‘हामी हरेक दिन मोहोना अत्तरिया ६ लेन सडकमा गति मापन मेसिनद्धारा जाँच गर्छौं’, उनले भने, ‘तिव्र गतिमा सवारी चलाएको पाइए जरिवानाका साथै २ घण्टा अनिवार्य ट्राफिक नियमबारे प्रशिक्षण दिने गरेका छौँ ।’

त्यस्तै, उनले उक्त अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार