उत्तराखण्ड पहिरोमा नेपाली बेपत्ता भएको घटनाप्रति सभामुखद्वारा दु:ख व्यक्त

काठमाडौं: सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा गएको पहिरोमा नेपाली नागरिक बेपत्ता भएको घटनाप्रति दुस्ख व्यक्त गरेका छन्।

सभामुख घिमिरेले भनेका छन्, ‘उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुस्ख व्यक्त गर्दछु। यस दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु।’

उक्त पहिरोमा परी जुम्लाको पातारासी गाउँपालिकाका एकै परिवारका सात सहित ११ जना बेपत्ता भएका थिए। दुई जना भने हुम्लाका नागरिक रहेका छन्। केहीको शव भेटिए पनि अधिकांश बेपत्ता रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार