पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
इस्लामाबादस्थित अदालतले, उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।
अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बिबिसीले जनाएको छ ।
उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । खान २०१८ मा निर्वाचित भएका उनले विश्वासको मत प्राप्त गर्न नसक्दा गतवर्ष प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।
प्रतिक्रिया दनुहोस्