माओवादी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन : नेतृत्वको कार्यशैलीको आलोचना

काठमाडौं: नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुक्रवार तेस्रो दिनको बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । बिहीवारसम्म ७४ जना सदस्यले धारणा राखेको र आज पनि सदस्यहरूले बोल्ने क्रम चलिरहेको भएको केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए ।

Dengue

बैठकमा नेताहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति विरोध जनाएका छन् । छोरीलाई स्वकीय सचिव बनाएको, पार्टीमा योगदान नभएका ज्वाइँ जीवन आचार्यलाई कोशी प्रदेश सरकारमा मन्त्री बनाएको भन्दै केन्द्रीय सदस्यहरूले प्रचण्डको आलोचना गरेका थिए ।

तेस्रो दिनको बैठकमा बोल्ने सदस्यहरूले पनि पार्टीको अस्तित्व रक्षाका लागि शुद्धिकरण अभियान चलाउनु पर्ने बताएका छन् ।
साउन २१ गते आइतवार बैठक समापन गर्नेगरी तयारी भएको माओवादीले जनाएको छ । २०७८ मा महाधिवेशन भएपछि माओवादीको केन्द्रीय समिति पहिलो पटक बसेको हो ।

तेस्रो दिनसम्म प्रचण्डको राजनीतिक र सांगठनिक प्रतिवेदन सदस्यहरूलाई भने बाँडिएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार