कैलाली: कैलालीमा अवैध काठ फेला परेको छ। जिल्लाको कैलारी गाउँपालीका वडा नम्बर–२ बाट अवैध काठ नियन्त्रणमा लिइएको हो।
बुधबार साँझ कैलारी गाउँपालीका–२ उजेलि सिमरस्थित ईलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र सिहं कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले अवैध काठ नियन्त्रणमा लिइएको हो।
गस्ती गर्ने क्रममा कैलारी गाउँपालीका वडा नम्बर–२ स्थित कटैनी नदिको ढिकमा अवैध रूपमा रहेको साल १ गोलिया अर्थात ४२ दशमलव ३० क्यूफिट र असना १ गोलिया अर्थात २२ दशमलव ६४ क्यूफिट काठ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दनुहोस्