जुवा खालबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ

धनगढी: जुवा खालबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

तासजुवा खेलिरहेको बेला प्रहरीले एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी-६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।

यस्तै गोदावरी नगरपालिका-३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी-२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल-सिलगढी नगरपालिका-६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार