कंचनपुर: निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा भएको छ । तर, हत्यारा अझै पत्ता लाग्न सकेको छैन् ।
जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका पन्त २०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भएकी थीइन् । उनको शव वेपत्ता भएको भोलिपल्ट घर नजिकै रहेको उखुबारीमा फेला परेको थियो ।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार संगठन लगायतको टोलीले घटनाको छानबिन गरे।
घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १ सय २३ जनाको डिएनए परीक्षण गरिसकेको छ।
आमा दुर्गादेवीले भनिन् ‘छोरीको बारेमा न्याय माग्दा माग्दै पाँच वर्ष त्रितिसक्यो, अब त हत्यारा पत्ता लागेर न्याय पाउला भन्ने आशै छैन ।
प्रतिक्रिया दिनुहोस्