रेडक्रसका केन्द्रीय सदस्य जोशीलाई कैलालीमा ससम्मान स्वागत

धनगढी । नेपाल रेडक्रस सोसाइटी कैलालीका नव निर्वाचित केन्द्रीय सदस्य उत्तम जोशीलाई ससम्मान स्वागत गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच जोशीलाई भव्य स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै जोशीले अब लामो समयदेखिको संस्थागत समस्या निराकरण हुने बताएका छन् । ‘विधान संशोधन, रेडक्रस ऐन, कर छुट लगायतका विषयहरू हाम्रा प्राथमिकता हुन्’, जोशीले भने, ‘नियमित मानवीय सेवाहरू कुनै पनि अवस्थामा सुचारू हुनुपर्छ र यसका लागि हामी सदैव तयार छौँ । सरकारबाट समेत सकारात्मक प्रतिक्रिया पाएका छौँ ।’

Seti Hospital

सम्मान कार्यक्रममा कैलाली जिल्ला शाखाका सभापति वासुदेब बिनाडी, उपसभापति गीता सोडारी, मन्त्री लोकराज जोशी, कोषाध्यक्ष गोबिन्दप्रसाद जोशी, उपमन्त्री राकेश हमाल, सदस्यहरू क्रमशः खेमराज जोशी, धर्मराज जोशी, धौली जैसी र शेरसिंह खड्काको उपस्थिति रहेको थियो । जिल्ला शाखाका सभापति बिनाडीले निर्वाचित केन्द्रीय सदस्य जोशीलाई बधाइ दिदै कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, कार्यक्रममा शाखा विकास अधिकृत धरणीप्रसाद पन्त लगायत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन जिल्ला शाखाका मन्त्री लोकराज जोशीले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशन यही साउन १ र २ गते काठमाण्डौमा सम्पन्न भएको हो । २ वर्षे कार्यकालका लागि भएको अधिवेशनमा जोशीले सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । अधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्ष पदमा सुरेन्द्रसिह ऐर (डडेल्धुरा) सदस्यहरुमा क्रमश उत्तम जोशी (कैलाली) लक्षीराम कककुवर (डोटी) र शान्ति चन्द (बैतडी) निर्वाचित भएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार