कैलालीका नदीमा देखिन थाले डल्फिन

कैलाली। कैलालीका नदीमा वहाव बढेसँगै डल्फिन देखिन थालेका छन्।

जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेका हुन् । कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ । नदीको वहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिनका साथै ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा समेत पाईने गर्दछन् ।बर्षात्का चार महिना असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन् ।

Dengue

कैलालीका नदिहरुमा भेटिने डल्फिनको संरक्षण र सम्बद्र्धन गर्न सक्ने यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो । जनावरविद्का अनुसार खासगरी समुन्द्री क्षेत्रमा पाईने यो जीव मांसाहारी हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार