बैतडीमा आफ्नै बाजेको कुटपिटबाट एक बालकको मुत्यु

बैतडी: बैतडीमा आफ्नै बाजेको कुटपिटबाट एक बालकको मुत्यु भएको छ ।

पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा बिहीबार बाजेको कुटपिटबाट दीपक साउदका २ वर्षीय छोरा रेसम साउदको मुत्य भएको हो भने अर्का ८ वर्षीय छोरा रिजन साउद गम्भीर घाइते भएका हुन् ।

Dengue

बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये रेसमको बिहिबार राती मृत्य भएको र अर्का घाइते रिजन साउदलाई डडेलधुरामा उपचार हुन नसकेपछि बिहिबार राती नै धनगढी रेफर गरिएको छ । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

हेरचाह गर्न सँग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा साउदले नातिहरूलाई निर्घात कुटपिट गरेका थिए । आरोपित ५० वर्षीय गणेश साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । कुटपिट गर्ने (बाजे) गणेश साउदलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार