धनगढी: गोदावरी – ४ कि अस्मी बोहरालाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेकी लक्ष्मी खड्का पक्राउ परेकी छन् ।
अस्मीका आफन्तले मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाही र अस्मीकी साथी खड्काका विरुद्ध किटानी जाहेरी दिएका थिए । अश्मिलाई सोही कलेजमा पढ्ने लक्ष्मीको घरमा गएको बेला बलात्कार भएको परिवारको दावी छ । लक्ष्मी फरार रहेकी थिइन् ।
हिजो खडकालाई नेपालगन्जबाट पक्राउ गरिएको छ। उनलाई जिल्ला झिकाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए। शाही भने यस अघि नै पक्राउ परिसकेका छन् ।
६ महिना देखि अलाईट टेक्निकल कलेजमा अप्थामालोजी (नेत्र विज्ञान) बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टिलमा बस्दै आएकी थिइन् ।
गत ९ गते उनले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्