धनगढी उपमहानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री हस्तान्तरण

धनगढी । धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री हस्तान्तरण गरेको छ । सोमबार एक विशेष कार्यक्रमकाबीच उपमहानगरपालिकाले उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री सहयोग गरिएको हो ।

Dengue

जसअन्तर्गत उपमहानगरपालिकाको अपाङ्ग जाँच कक्षबाट ४० जनालाई १६ वटा ह्विल चियर, ३ वटा ट्राईसाईकिल, ४ जनलाई कृतिम खुट्टा, १ जनालाई कृतिम हात, ४ जनालाई अर्थैसिस, रोटेलर १ जनालाई, ईल्बो क्रच ४ थान र ४ थान वाकर स्टिक वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ९, १० र १२ को वडा नम्बर १२ स्थित आधारभूत स्वास्थ्य कार्यालय प्राङगणबाट ११ थान ह्विलचियर, ४ थान ट्राईसाईकिल, रोटेलर एक थान, १ थान वाकर स्टिक र घुँडा सपोर्ट १ थान वितरण गरिएको छ ।

महानगरबाट उक्त सामाग्री पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुसी भएका छन् । सामाग्री लिँदै उनीहरुले नगरप्रमुख गोपाल हमाललाई धन्यवाद समेत दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार