क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज क्षतिपूर्ति बारे सुनुवाई

काठमाडौ: नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सोमबार सुनुवाइ हुँदैछ । आज जिल्ला अदालत काठमाडौंमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यसअघिको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो ।

उक्त माग खारेज भए पनि सर्वोच्च अदालतले पीडित राहत कोषमार्फत क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो ।

Dengue

उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले माग गरेबमोजिम अस्पतालको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार