कलिलो उमेरमै बैंकिङमा जमेका हेमराज…

भक्तराज जोशी

धनगढी । ‘एसएलसीपछि साइन्स पढ्ने मन तर सिकाई र भोगाईले बैंकिङ करियरमा प्रवेश गरायो

भनिन्छ- ‘सिकाई, भोगाई र अनुभवका लागि उमेर चाहिँदैन, बस् सिक्ने र गर्ने इच्छाशक्ति भए काफी हुन्छ ।’ देशले देशमा रोजगारी नदिएपछि, नागरिकता पाएर पनि आफ्नै देशमा अनागरिक हुनुपरेपछि अहिले दैनिक विदेशिने हजारौँ युवाहरुको लामो लाईन काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिन्छ । तर त्यही युवाहरुको भीडमा केही अनुहार त्यस्ता हुन्छन्, जो आफ्नै देशमा केही गर्छु भन्ने अठोट लिएर अहोरात्र खटिएका हुन्छन् । जसमध्येका एक हुन्, कलिलै उमेरमा बैंकिङ क्षेत्रमा लोभ लाग्दो प्रगती गरेका २५ वर्षीय हेमराज बिनाडी ।

dashain shuvakamana
Discovery School

२०५५ साल बैशाख १९ गते डोटी जिल्लाको साविक सात्फरी गा.वि.स वडा नम्बर ४ (हालको बोगटन फुड्सिल गाउँपालिका)मा जन्मिएका हेमराज बिनाडी परिवारका कान्छा छोरा हुन् । आमा तुलसादेवी बिनाडी र बुवा भीमदत्त बिनाडीको कोखबाट जन्मिएका हेमराजको एक जना दाई र दुईजना दिदी छन् ।

हुन त बिनाडीको बाल्यकाल साह्रै दयनीय त थिएन, तर अभावमा भने जरुर बित्यो । बुवा पण्डित भएकाले पनि गाउँमा उनको परिवारको राम्रै इज्जत थियो । खाना, लगाउनसँगै दैनिकी गुजार्न असहजिलो नभए पनि आधारभूत आवश्यकता पूर्ति गर्न भने त्यत्ति सहज पक्कै थिएन । र त हेमराजले आफ्नो जीवनको शैक्षिक यात्रा डोटीकै जोराघाट माध्यामिक विद्यालयबाट सुरु गरे । शिशुदेखि कक्षा ३ सम्म जोराघाटमै अध्ययन गरेपछि बिनाडी माध्यामिक शिक्षाका लागि श्री बसन्त मुरारी उच्च माध्यामिक विद्यालय दोदोधरा ७ बौनियाँ, कैलाली पुगे ।

पढाईमा अब्बल रहेका बिनाडी विद्यालयका अन्य क्रियाकलापमा पनि त्यत्तिकै सक्रिय थिए । त्यसबेला, कक्षा ८ र कक्षा १० को परीक्षालाई निकै नै महत्वका साथ हेरिन्थ्यो । कक्षा ८ को बोर्ड परीक्षा आफैमा चुनौतीपूर्ण थियो, त्यसैमाथि एसएलसीलाई झनै ‘फलामे ढोका’ भनिन्थ्यो ।

अभाव र दुःखले डोटीबाट कैलालीसम्म पुर्याएको बिनाडीलाई परिवारको प्रतिष्ठाका लागि भए पनि पढाई राम्रो गर्नु थियो । त्यसैले उनी रातदिन मिहेनत गर्थे । एलएसीको परीक्षा पनि सकियो, नभन्दै उनले उबेलामा ‘फलामे गेट’ भनिने एसएलसीमा प्रथम श्रेणी हासिल गरे । त्यसबेला उनी र उनको परिवारमा खुसीको सिमा नै रहेन । ‘पास मात्रै भए पनि हुन पाए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो’, उनी सम्झिन्छन्, ‘फस्ट डिभिजिन नै आउँदा झनै खुसीको सिमा नै रहेन ।’

एसएलसी परीक्षा सकेपछि बिनाडीको सपना थियो, साइन्स पढ्ने । पढाईमा अब्बल हुनुका साथै रुची पनि भएर होला उनको ध्यान एसएलसी सकेर साइन्स नै पढ्छु भन्ने थियो । तर, एकाएक बिनाडी साइन्स पढ्ने मनसायबाट परिवर्तित हुँदै कमर्शतिर हानिए ।

म एकदिन दाईसँग धनगढी कै कुनै एक बैंकमा गएको थिएँ । ‘बैंकिङ प्रणाली, बैंकको काम गर्ने तरिका र बनावटले मेरो ध्यान बैंकिङतर्फ नै प्रेरित भयो’, उनले भने, ‘साइन्स पढ्ने सपना त्यहीँ थाँती राखेर कमर्श पढ्ने निधो गरें ।’ नभन्दै बिनाडीले बसन्त मुरारी उच्च माध्यामिक विद्यालयबाट कमर्शमा प्लस टू सके, त्यो पनि प्रथम श्रेणीमा । त्यसपछि उनी स्नातक तहको पढाईका लागि सुदूरपश्चिमकै शैक्षिक धरोहरको रुपमा स्थापित रहेको धनगढीको कैलाली बहुमुखी क्याम्पस पुगे । जहाँ उनले २०७२ सालमा स्नातक तहमा बिबिएस पढाई सुरु गरे ।

नयाँ ठाउँ, नयाँ कलेज, नयाँ विषय अनि नयाँ साथीहरुले बिनाडीमा छुट्टै उत्साह थपेको थियो । २०७२ सालमै बिनाडी इन्ट्रनसिपका लागि एनएमबी बैंकको धनगढी शाखामा पुगे । जहाँ उनले बैंकिङ प्रणालीलाई अझै नजिकबाट बुझ्ने मौका पाए ।

बिनाडी सानैदेखि मेहेनती मात्रै थिएनन्, बरु केही गर्छु र सिक्छु भन्ने अदृश्य उर्जा थियो उनमा । र त एनएमबी बैंकमा इन्ट््नसिप गर्दा उनले काम गरेनन् मात्रै धेरै कुरा सिके पनि । त्यही मिहेनत र लगनका कारण उनले आफ्नो जीवनको पहिलो जागिर मन्जुश्री फाइनान्स लिमिटेडबाट सुरु गरे ।

मन्जुश्री फाइनान्स लिमिटेडमा बिनाडीले २०७३ साल कात्तिक २६ गते करारमा क्यासियरको जागिर खाए । त्यहाँ बिनाडीलाई उनको मिहेनत र लगन साथ दिँदै गयो र करारबाट स्थायी कर्मचारीका रुपमा काम गर्न थाले । छोटो समयमा मिलेको यो सफलताले बिनाडीलाई काम गर्ने थप उर्जा दियो र निरन्तर काममा डटिरहे । अन्ततः कम्पनीले उनलाई क्यासियरबाट कर्जा सहायक हुँदै कर्जा प्रमुखमा बढुवा गर्यो ।

बिनाडीको बैंकिङ करियर यतिमै रोकिएन । हेर्दाहेर्दै छोटो समयमा उनलाई कम्पनीले २०७५ सालमा कम्पनीको धनगढी शाखा प्रमुखको जिम्मेवारी दियो । हाल बिनाडी विगत ५ वर्षदेखि मन्जुश्री फाइनान्स लिमिटेडको शाखा प्रमुखको जिम्मेवारीमा छन् ।

उमेरले जम्मा २५ वर्ष, तर जिम्मेवारीका दृष्टीकोणले हाल प्रतिष्ठित फाइनान्स कम्पनीको ब्रान्च मेनेजर । साच्चै बिनाडीको यो प्रगती लोभलाग्दो मात्रै छैन, बरु धेरैका लागि प्रेरणादायी पनि छ । र बिनाडीको संघर्ष र लगनबाट सबैले सिक्नुपर्छ कि मिहेनत, लगन र लक्ष्यमा दृढ रहे सफलता जरुर मिल्छ र लक्ष्यमा अवस्य पुगिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार