डा.प्रसन्ना शाह मृत्यु प्रकरणः अनुसन्धानमा रहेमा सहकर्मी डा. सन्दीप करागार चलान

धनगढी । धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डाक्टर प्रसन्ना शाह मृत भेटिएको घटनामा अनुसन्धानमा रहेका डाक्टर सन्दीप भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमवार जिल्ला अदालत कैलालीले डाक्टर भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
ि
जल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता खगेन्द्र साउँदका अनुसार आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेका डाक्टर भट्टराईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए। साउँदका अनुसार सोही मुद्धामा अनुसन्धानमा रहेका विकल केसी भने ५० हजार धरौटीमा रिहा भएका छन् ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह ४ जेठमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । डाक्टर शाहका आफन्तले दिएको जाहेरीअनुसार पूर्व प्रेमी भनिएका विकल केसी र डाक्टर सन्दीप भट्टराईलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार