गेटामा विश्वविद्यालय स्थापनार्थ थाल ठटाएर प्रदर्शन गरिने

धनगढी । कैलालीको गेटामा विश्वविद्यालय स्थापना गर्नुपर्ने माग गर्दै थाल ठटाएर प्रदर्शन गरिने भएको छ ।

गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गर्दै बिहीबार दिउँसो ३ बजे प्रदेशसभा अघि थाल ठटाएर प्रदर्शन गरिने भएको हो । विश्वविद्यालय स्थापना गर्नुपर्ने माग गर्दै थालिएको चरणबद्ध कार्यक्रम अन्तर्गत भोली थाल ठटाएर प्रदर्शन गरिने संघर्ष समितिका सह–संयोजक आनन्द भट्टले जानकारी दिएका छन् ।

Dengue

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने घोषणा गरेसँगै पछिल्लो १५ दिनदेखि सुदूरपश्चिमेलीवासी आन्दोलनरत छन् ।

सोही अन्तर्गत बुधबार धनगढीमा आगामी दिनमा आन्दोलनलाई थप सशक्त र प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सुझाव संकलनसमेत गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार