धनगढी । धनगढीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । बुधबार प्रहरीले धनगढीको बसपार्क क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार धनगढीको बसपार्क पछाडीबाट ८५ हजार ७ सय ५० मुल्य बराबरका सामान बरामद गरिएको छ । वडा प्रहरीका कार्यालय धनगढीबाट प्रहरी निरिक्षक उपेन्द्रबहादुर बमको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानमा २४५ जोर चप्पल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्