विद्युत् सर्ट भएर घरमा आगो लाग्दा २ लाखको क्षती

कञ्चनपुर । कञ्चनपुरमा एक घरमा आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ । जिल्लाको भीमदत्त नगरपालिका १८ आशिष टोलका कलावती सिंहको २ कोठे कच्ची घरमा आगलागी भएको हो ।

मंगलबार भएको उक्त आगलागीबाट २ लाख मूल्य बराबरको क्षती भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीका अनुसार उक्त घरमा भएको चामल, दाल, पिठो, लत्ताकपडा, टिभी, खटिया, भाडाकुडासँगै कागजपत्रसमेत जलेर नष्ट भएको छ ।

Dengue

विद्युत्त सर्ट हुँदा घरमा आगलागी भएको प्रहरीको भनाई रहेको छ । मंगलबार दिउँसो लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण लिइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार