बैतडी: बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नंं ५ बलाराका शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनी रहेका छन् ।
उनको मेलौली ५ अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
उनका अनुसार कलौनी मेलौली मामा घर आएका र जंगल गएका बेला घटना घटेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्