भारतको ओडिसामा रेल दुर्घटनाः २३३ जनाको मृत्यु, ९०० बढी घाइते

भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ।

शुक्रबार बेलुका ओडिसाको बालासोर जिल्ला नजिक बहानगा बजार स्टेशन नजिक भएको रेल दुर्घटना हुँदा ९ सय जनाभन्दा बढी घाइते भएका छन्।

Seti Hospital

शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ।

मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर-हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो।

दुर्घटनास्थलमा अहिले उद्धारको काम भइरहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

दुर्घटनास्थलमा भारतको नेशनल डिजास्टर रेसपोन्स फोर्स (एनडीआरएफ) को टोली खटिएको छ । सात अन्य टोली सहित २०० जनाभन्दाबढी उद्धारकर्मी खटिएको बीबीसले जनाएको छ।

साथै अन्य जिल्लाबाट चिकित्सक, एम्बुलेन्स लगायत अग्निनियन्त्रक टोली पनि बोलाइएको छ।

रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेका थिए। उनले दुर्घटनामा मृत्यु भएका व्यक्तीका परिवारलाई दस-दस लाग रूपैयाँ दिने घोषणा गरेका छन्। त्यस्तै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रूपैयाँ उपचारखर्च दिने घोषणा गरेका छन्।

घाइतेहरूको गोलापुरको एक अस्पताल र बालासोरको मेडिकल कलेजमा उपचार भइरहेको।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार