आज अत्तरियामा १ घण्टा चक्काजाम हुने

धनगढी। गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले आन्दोलन गर्ने घोषणा गरेको छ।

बुधवार धनगढीमा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको हो।
संघर्ष समितिका संयोजक लोक राज पाण्डे ‘आगो’ ले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आन्दोलन अनुसार भोलि बिहान ९ बजे देखि १० बजे सम्म १ घण्टा भोलि अत्तरियामा चक्काजाम गरिने बताए। संघ सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जेठ १५ गते गरेको बजेट भाषणमा गेटामा एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने उल्लेख गरेपछि आन्दोलन गरिने भएको हो।

SHIKHAR COOL TECH

राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाद दिइने भएको छ। यस्तै आन्दोलनका कार्यक्रम अन्तरगत भोलि बिहान ११ बजे पछि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार