धर्मका नाममा लूट, बेहडाबाबामा सवारी पार्किङकै १ घन्टाको १०० देखि ४५० असुली

धनगढी। धनगढीस्थीत बेहडाबाबा गङ्गादशहरा मेलामा पार्किङका नाममा रकम असुली गर्न थालिएको पाइएको छ ।

धनगढी उपमहानगरपालिका १६ रामपुरमा रहेको बेहडाबाबामा आज देखी सुरू भएको गङ्गादशहरा मेलामा सवारी पार्किङका नाममा रकम असुली हुन थालिएको पाइएको स्थानियले बताएका छन्।

Seti Hospital

मेला हेर्न आन्तरिक तथा बाह्य क्षेत्रबाट आएका भक्तजनबाट मन्दिर व्यवस्थापन समितिले पार्किङको नाममा चर्को असुली गर्न थालिएको सर्वसाधारणले गुनासो गरेका छन्। मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको १ सय, अटोरिक्सा पार्किङको २ सय, ट्याक्टरको तीन सय, जिप र कारको २ सय पचास र बस पार्किङ गरेको ४५० असुली गरिरहेका छन्।

मन्दिर दर्शन गर्न जानेहरुबाट जथाभाबी रकम असुली हुन थालेको भन्दै चर्को आलोचना भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार