धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–४ का ३४ वर्षीय प्रताप खुनाको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार राति खुनाको मछेली नदी किनारमा करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले विद्युतको पोल ढल्दा साइकल सवार उनको करेन्ट लगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
खुनाको मृत्यु भएसँगै आफन्त र स्थानीयले मृतकका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्