कञ्चनपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण, ५ वर्षमा दोब्बर उत्पादनको लक्ष

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको हो ।

किसानलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताएका छन् । ‘समूह, सहकारी, फर्म र व्यक्तिगतरुपमा किसानको मागअनुसारको धानको बीउ वितरण गरेका छौँ’, उनले भने, ‘रु ६६ प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई रु ३३ मा उपलव्ध गराएका छौँ ।’ बुढाऐरका अनुसार एक हजार पाँच सय २० किलो धानको बीउ किसानलाई वितरण गरिएको छ ।

Seti Hospital

धानको बीउका लागि नगरपालिको रु छ लाख बढी रकम खर्च गरेको छ । मसिनो र बढी उत्पादन दिने नगरपालिकाको माटो सुहाउँदो धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख बुढाऐरको भनाइ छ । ‘वितरण गरिएको धानको बीउ दुई सय बढी बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्छ’, उनले भने, ‘धानको उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ, कृषि औजार, यन्त्र, मलखाद, विषादी र प्रविधिमा सहयोग गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताएका छन् । धानको उत्पादनलाई पाँच वर्षभित्र दोब्बर पार्ने नगरपालिकाको लक्ष्य रहेको उनको भनाई छ । ‘नगरपालिकामा कृषिलाई आधुनिकीकरण गर्न अनुदानका कार्यक्रमसँगै किसानलाई तालिम दिने कार्य भइरहेको छ’, उनले भने, ‘कृषि क्षेत्रको अध्ययन गर्न र तथ्याङ्क सङ्कलन गर्नका लागि कन्सलटेन्ट नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार