विद्यालय–विद्यालयमा ट्राफिक शिक्षा (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले विद्यालयमा पनि ट्राफिक सचेतना कार्यक्रम चलाउन सुरु गरेको छ । विशेष गरी कम उमेर समूहका विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक प्रहरी कार्यालय कैलालीले ‘विद्यालयमा ट्राफिक सचेतना अभियान’ सुरु गरेको हो ।

सोही अभियान अन्तर्गत बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ स्थित सरस्वती माद्यामिक विद्यालय र वडा नम्बर ५ स्थित गौरीशंकर माद्यामिक विद्यालयमा ट्राफिक सेचतना कक्षा सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक वीरेन्द्र जोहारीले बताएका छन् ।

Galaxy

प्रनि जोहारीका अनुसार उक्त अभियान अन्तर्गत विद्यार्थीहरुलाई ट्राफिक नियमको पुर्ण पालना, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक चिन्ह तथा संकेतबारे जानकारी सहित सुरक्षित यात्रा सहितको सडक प्रयोग सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।

आगामी दिनमा पनि उक्त अभियानलाई थप सशक्त रुपमा अघि बढाउने जोहारीको भनाई रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार