रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा अर्काे रिट दर्ता

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको हो । सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियोे ।

Dengue

दरपीठविरुद्ध युवराज सफलले इजलासमा रिट निवेदन पेश गरेका थिए । निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दर्ता गर्ने आदेश गरेको छ ।

रिट निवेदनमा सर्वोच्च अदालतले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिएको तर प्रक्रिया नपुगेको उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार