बैतडीमा बस दुर्घटना हुँदा ६ जना घाइते

बैतडी। बैतडीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

नेपालगंजबाट दार्चुलातर्फ आउदै गरेको भे १ क ३१८ नम्बरको बस सोमबार राती १० बजे दशरथचन्द राजमार्ग अन्तरगत पर्ने अनारखोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

SHIKHAR COOL TECH

नेपालगंजबाट दार्चुलातर्फ स्वास्थ्य शिविरका लागि आउदै गरेको नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते भएका खोड्पे प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका १२ का ३५ वर्षीय जंग बहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिसिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिता गुरुङ रहेका खोड्पे प्रहरी चौकी इन्चार्ज गणेश बिकले जानकारी दिए।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बसमा चालक सहित १७ जना सवार रहेका र अन्य सबै सकुसल रहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार