पूर्व राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा आउँदै

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा आउने भएका छन्।

भ्रमणको क्रममा धनगढीमा जेठ ६ गते पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ।

Dengue

पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए। पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने जोशीले बताए।

नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार