काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट सार्वजनिक गर्दै मेयर शाहले महानगरबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।
उनले भनेका छन्– ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्नपर्ने छैन ।’
प्रतिक्रिया दिनुहोस्