दार्चुलामा नेपाली र भारतीयबीच ढुँगा हानाहान, सीमा मिचेर दादागिरी देखाउँदा पनि नेपाल सरकार मौन !

दार्चुला । दार्चुलामा नेपाल र भारतका स्थानीयबीच ढुँगा हानाहान भएको छ । भारतले महाकाली नदीमा तठबन्ध निर्माण गरी नदिको धार परिवर्तन गर्न खोजेपछि दुवै देशका स्थानीयबीच ढुँगा हानाहान भएको हो ।

भारतीय पक्षले तटबन्ध निर्माण गरी नदीको धार परिवर्तन गर्न खोजेपछि महाकाली नगरपालिका ४ को बाङ्गाबगर क्षेत्रका स्थानीयले विरोध गरेका थिए । सामान्य भनाभनकै स्थितिमा भारतीय पक्षले पहिला ढुँगा प्रहार गरेपछि त्यसको प्रतिवाद गर्दै नेपालतर्फबाट पनि ढुँगा प्रहार गरिएको थियो ।

Dengue

‘नदीको धार परिवर्तन हुँदा बाढीको जोखिम उच्च हुने भन्दै सामान्य विरोध गरेका थियौँ । तर त्यत्तिकैमा भारतीय पक्षले ढुँगा प्रहार गरेका हुन्’, एक स्थानीयले भने, ‘उताबाट ढुँगा प्रहार भएपछि हामीले पनि ढुँगा प्रहार गरेका हौँ ।’

दुवै देशका स्थानीयबीच ढुँगा हानाहान भएपछि शुक्रबार केहीबेर तनाव सृजना भएको थियो । तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदीको डाइभर्सन हटाउने दुई देशका अधिकारी बिच सहमति भए पनि भारतीय पक्षले सहमति कार्यान्वयनमा नल्याउँदा समस्या उत्पन्न भएको हो ।

तर, पटक पटक नेपालीमाथि भारतीय हस्तक्षेप भइरहँदा पनि नेपाल सरकार भने मुकदर्शक बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार