काठमाडौं: साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ ।
नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा शेयरबजारमा जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग उपसूचक, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स उपसूचक ०.६७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्