कैलालीको सुखडका व्यापारीहरू आफै टहरा हटाउँदै

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारका व्यापारीहरूले आफै टहराहरू हटाउन थालेका छन् ।

सुखड–भजनी सडक खण्डको मुख्य बजार अतिक्रमण गरी निर्माण गरीका संरचना हटाउन व्यापारीहरू स्वः स्फूर्त रुपमा लागी परेका छन् । आफूहरूले खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित संरचना हटाउन लागी परेको व्यापारीहरूले बताएका छन् ।

आफूहरूले खोका, छाप्रा, टहरा हटाएर स्थानीय सरकारलाई सहयोग गरेको उनिहरुको भनाई रहेको छ । नगरपालिकाले सुखड–भजनी सडक खण्डको मुख्य बजार सुखड चोक देखी शान्तिनगर चोक सम्मको अतिक्रमित संरचना हटाउन २१ दिने अल्टिमेटम सूचना जारी गरेको थियो । आफैँले नहटाएमा नगरले ती अतिक्रमण संरचना आफैँ हटाउने चेतावनी दिएको छ ।

करिब २५० मिटर क्षेत्रमा रहेका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित हटाउन आग्रह गरीएको छ । करिब २५० मिटर क्षेत्रमा १६ मिटर चौडाइ हुने गरी नाली सहित सडक कालो पत्रे हुने बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार