एमाले सचिव टोपबहादुर रायमाझी निलम्बित

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई एमालेले निलम्बन गरेको हो। अनुसन्धानमा सहयोग पुगोस् भनेर उनलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन्।

महासचिव पोखरेलले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानूनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न अनुमति लिएको थियो। प्रक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन्।

उनका छोरा सन्दीप रायमाझी भने पक्राउ परिसकेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले सन्दीपका नाममा गिरोहका सदस्यले काटेको डेढ करोड रुपैयाँको चेक फेला पारेको थियो।

यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बुधबार बिहान पक्राउ गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार