संकटका बेला आर्थिक वृद्धि र स्थिरताको कुरा गर्न सुहाउँदैनः स्वर्णिम वाग्ले


काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्र संकटमा परेका बेला बजेटमा आर्थिक वृद्धि र स्थिरताको कुरा गर्न नसुहाउने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्।

Dengue

८ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरिएको देशमा दुई प्रतिशतभन्दा कम आर्थिक वृद्धि रहेको भन्दै उनले अहिलेको अवस्थामा स्थायित्व र स्थिरताको कुरा गर्दा त्यसले न्याय नहुने बताए।

उनले भने, ‘लयमा भएको अर्थतन्त्र हुँदाखेरी स्थिरताका कुरा गर्न सुहाउँछ। भड्खालोमा जाकिएको अर्थतन्त्रको कुरा गर्दा खेरी स्थिरता र स्थायित्वले न्याय गर्दैन।’

राजश्व संकलन र खर्चको बीचमा ठूलो खाडल रहेको भन्दै उनले त्यसतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे। ‘हिजो साँझ ५ बजेसम्म ७३३ अर्ब राजश्व उठाइएको छ। खर्च १ हजार १६ अर्ब छ। त्यत्रो खाडल कसरी पूरा गर्ने?,’ उनले अर्थमन्त्रीलाई प्रश्न गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार