बझाङ साइपालमा खाद्य सङ्कट

बझाङ । बझाङको साइपाल गाउँपालिकामा खाद्य संकट भएको छ । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने साइपालमा ११ महिना किनेरै खानुपर्छ ।
खाद्य संस्थानबाट साढे दुई क्विन्टलमात्रै चामल पाउने गरेको र वर्षभरीमा खानका लागि पर्याप्त नभएको साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङले बताए ।

तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उहाँको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो। सोनामको परिवारमा वर्षभरिका लागि झण्डै ११ क्विन्टल चामल आवश्यक पर्छ ।

Dengue

गएको वर्षमात्रै उहाँको परिवारले नौ क्विन्टल चामल किन्नुपर्‍यो, त्यो पनि महँगोमा । सदरमुकाम चैनपुरमा पाइने सामानको मूल्य साइपालमा पुग्दा चौबर हुने गरेको उनले बताए ।

साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेर पुर्‍याइने भएकाले चामललगायतका खाद्य वस्तुको मूल्य तेब्बरभन्दा बढी पर्छ ।

पाँच वर्षदेखि नेपाल–चीन सीमानाका ताक्लाकोट पूर्णरूपमा बन्दा हुँदा साइपालवासी मारमा परेका हुन् । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान यस अघि ताक्लाकोटबाटै आउने गरेको थियो ।

तर पाँच वर्षेदेखि आवतजावत नै ठप्प भएको साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराले बताउनुभयो । झण्डै तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ ।

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि प्रधानमन्त्री निवास बालुवाटार आउनु भएको थियो ।

अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक सिंहदरबार आइसक्नु भएको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार