बाजुरा: बाजुराको दहकोट केन्द्रविन्दु भएर तीन पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए रति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ बजेर ३० मिनेट जाँदा ५.९ र राती १ बजेर ५१ मिनेट जाँदा ३.९रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ ।
यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्