कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले प्रतियोगिताको उद्घाटन गरे ।

महेन्द्रनगरस्थित कभर्डहलमा रहेको कबड्डी प्रशिक्षण केन्द्रमा सञ्चालन भएको सो प्रतियोगिताबाट छनोट भएका खेलाडी काठमाडौँमा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए ।

Dengue

सोमबारमा छनोट प्रतियोगिता सकिनेछ । प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कबड्डी सङ्घ कञ्चनपुरका अध्यक्ष महेश चन्दलगायतको उपस्थिति थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार