कोलकातालाई हराउँदै चेन्नाई शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

जारी सिजन चेन्नाईको यो पाँचौ जित हो । चेन्नाई ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । कोलकाताको यो पाँचौं हार हो । कोलकाता ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।

Dengue

गएराति कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा चेन्नाईले पहिले ब्याटिङ गर्दै २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतक बनाए पनि जिताउन सकेनन् । रोयले २६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए ।

यस सिजन लयमा रहेका रिंकु सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित ५३ रन बनाए । कप्तान नितिश राणाले २० बलमा २७ रन जोडे ।

चेन्नाईका लागि महिश थिक्सना र तुशार देशपाण्डेले २–२ तथा मधिसा पथिराना, रविन्द्र जडेजा, मोइन अलि र आकाश सिंहले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । चेन्नाईका ओपनर डेभोन कनवे, अजिन्का रहाने र शिभम दुवेले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए ।

रहानेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए । कनवेले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५६ रन बनाए । शिभम दुवेले २१ बलमा २ चौका र ५ छक्कामा ५० रन बनाए । रुतुराज गाएकवाडले ३५ रन जोडे ।

कोलकाताका लागि कुलवन्त खेजरोलीयाले २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १–१ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार