धनगढीः बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आज दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर फेरी ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको हो। यसअघि पनि बाजुरामा लगातार भूकम्प गइरहेको छ। आजको भूकम्पबारे थप विवरण आउन बाँकी छ।
यसअघि बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ। ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्