कञ्चनपुरः कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ। बाघलाई खप्टिनाला क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
बेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टी नालामा महिलालाई आक्रमण पछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको हो।
शुक्रबार बिहान ११ बजे पचुईँमा घाँस काट्न गएकी सोही ठाउँकी गंगा चन्दलाई बाघले आक्रमण गरेको थियो। बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो।
प्रतिक्रिया दिनुहोस्