धनगढीः सुदुरपश्चिम प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार ४११ जनाको एन्टिजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २७ जना र आरटी पिसिआर विधिबाट २२ जनाको परिक्षण गरिएकोमा ३ जना गरि ३० जनामा कोरोना पोजेटिभ देखिएको छ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकोमा १५ जना बाजुराका,६ जना कैलालीका र ९ जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्